ओली सरकारमा सहभागी हुन ठिक्क परेका जसपाका ठाकुर महतो सहित चार नेता निस्कासित

ओली सरकारमा सहभागी हुन ठिक्क परेका जसपाका ठाकुर महतो सहित चार नेता निस्कासित

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

जसपा भित्रको अन्तरविरोधले चरम रुप लिएको छ । ओलीको पक्ष र विपक्षमा लागेका दुबै समुहले एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेका बेला अन्ततः जसपाको बहुमत केन्द्रीय कार्यकारीण समितिको बैठकले पार्टी अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको छ ।
उनीहरुलाई पार्टी सदस्य समेत नरहने गरी कार्बाही गरेको जानकारी जसपाले निर्वाचन आयोगलाई समेत दिईसकेको छ ।
ठाकुर समुहले हिजो मात्रै प्रधानमन्त्री ओलीसँग भेटेर ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त हुने गरी सहमति गरेको थियो ।
ठाकुर समुह ओली सरकारको पक्षमा लाग्दै आएको छ भने उपेन्द्र यादव समुह ओली सरकारको बिरुद्ध बिपक्षी गठबन्धनमा सामेल छ ।
यो कार्बाही बारे ठाकुर समुहले औपचारीक प्रतिकृया जनाईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ