प्रहरीले नै रक्सी चोरेपछि……

प्रहरीले नै रक्सी चोरेपछि……

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 30.9K
    SHARES

सिरहा । प्रहरी चोरी नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने निकाय हो । तर चोरलाई समात्नु पर्ने प्रहरी आफै चोर निस्किए पछि कसको के लाग्छ ? रक्सी चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन ।

जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।

निषेधाज्ञाका बेला भइरहेको होटेलमा होहल्ला शान्त पार्न भन्दै उनीहरुलाई खटाइएको थियो । उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ