काठमाडौं, १७ जेठ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि नेपालको राष्ट्रिय फुटबल टोली स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप फुटबल छनोट अन्तर्गत बाँकी रहेका तिनवटा खेलका लागि नेपाली टिम आइतवार राति इराकबाट कुवेततर्फ लागेको हो ।
कुवेतमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल यही बिहिवार चाइनिज ताइपेइसँग हुनेछ । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।
यद्दपी बाँकी तीन खेल जिते नेपाल दोस्रो स्थानमा रहन सक्नेछ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline