धितोपत्र बजारमा बजेटको सकारात्मक असर

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ ले वृद्धि भई ५०७.०५ मा पुगेको छ । कूल २१९ कम्पनीको कूल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर रु १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार २४५ मूल्यमा खरिद बिक्री भए ।
यो हालसम्मकै सबैभन्दा बढी कारोवार रहेको नेप्सेले जनाएको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १९.९४, होटल तथा पर्यटन १३५.४४, विकास बैंक २५५.२५, वित्त ८३.९१, निर्जीवन बीमा ६४.१२, जीवन बीमा ९६.०१ र सामूहिक लगानी कोष ०.५५ अङ्कले बढेको छ । त्यस्तै, व्यापार ३२.६७, जलविद्युत् ०.६६, उत्पादन ५.३१, अन्य ५४.६४ र लगानी ०.२७ अङ्कले घटेको छ ।
साताको पहिलो दिनको कारोवारका आधारमा बजार पूँजीकरण रु ३९ खर्ब २४ अर्ब १५ करोड ४७ लाख १५ हजार २९७ बराबर पुगेको छ । कारोवारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४७ करोड ४० लाख ९० हजार २०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर रु ४६ करोड ९२ लाख ६३ हजार ७९०, युनाइटेड मोदी हाइड्रोपावर रु ४१ करोड ३१ लाख ४४ हजार ६७८, बुटवल पावर कम्पनी रु ४१ करोड २८ लाख ५७ हजार र अपि पावर कम्पनी रु ४० करोड १३ लाख ४२ हजार ८९० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेकाअनुसार ज्योति विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आँखु खोला जलविद्युत् कम्पनी ९.९६, घलेम्दी हाइड्रो ९.९६, गुडविल फाइइनान्स ९.९५ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । त्यस्तै, बरुण हाइड्रोपावर ६.५६, हिमालयन ऊर्जा विकास कम्पनी ६.२६, मिथिला लघुवित्त ५.४९, माउण्टेन हाइड्रो ५.३१ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी