न्यायाधीश केसी र श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न दबाब : प्रधानन्यायधीश आक्रोशित

न्यायाधीश केसी र श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न दबाब : प्रधानन्यायधीश आक्रोशित

शम्भु थापाले भने, त्यो भए प्रधानन्यायधीश पनि ईजलाशमा बस्ने मन नभए विदामा बस्न सक्नु हुन्छ

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नराख्न निवेदकको तर्फबाट दबाब बढेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा आक्रोशित बनेका छन् । आइतबारको बहसको क्रममा सुरुमै अधिवक्ता गोविन्द बन्दीले केसी र श्रेष्ठको विषयमा प्रश्न उठाए ।
बन्दीले ‘नेकपा विभाजनको फैसला गर्ने बमकुमार श्रीमानले नबस्नु उपयुक्त हुन्छ । त्यो फैसलाले नेकपा विभाजन गर्दियो भन्ने चर्चा छ श्रीमान् । यसको पुनरावलोकनमा तेजबहादुर श्रीमान् पनि बस्नुभो ।’ केसी र श्रेष्ठ रहँदा अदालतको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले इजलासमा नराख्न बन्दीले माग गरे ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसला सही कि गलत भन्ने बहस नगर्न आग्रह गरे । उनले भने, ‘फैसला सही कि गलत भन्ने बहस नगर्नु न तपाईं । त्यो तपाईंले डिसाइड गर्ने होइन के ।
२३ फागुनमा बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काइदिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ छन् ।
यसै गरी आज बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले ईजलाशमा बस्ने मन नभए विदामा बस्न प्रधानन्यायधीशलाई सुझाएका छन् ।
प्रधानन्यायाधीशले मेरो हकमा के हुन्छ भन्नु भयो। त्यसको पनि विकल्प छ बिदामा बसे भइगयो नि, थापाले भने । तर पनि संवैधानिक इजलासमा बस्ने नबस्ने निर्णय लिने स्वतन्त्रता प्रधानन्यायाधीशमा पनि रहेको उनले बताए। उनले पनि बम र केसीले ईजलासमा बस्न नहुने धारणा राख्दै आएका छन् ।

बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशमाथि उठेको प्रश्नमा बहस गर्ने क्रममा प्रधानन्यायाधीशले सोधे, मैले इजलासमा बसेर निराकार प्रश्न देखें। सार्थक रिलेसन राख्छ की राख्दैन त्यो भन्दिनुस् ? कार्कीले त्यसको जवाफमा , म भएदेखि गर्ने की नगर्ने भनेर प्रश्न उठ्यो भने म चाहिँ हेर्ने थिइन। श्रीमानहरुको बारेमा प्रश्न उठिसकेपछि नबस्दा राम्रो हुन्छ।
अधिवक्ता हरिहर दाहालले प्रश्न उठिसकेपछि श्रीमानहरुले गम्भीर रुपमा सोच्नु नै राम्रो हुने बताए।
त्यसपछि मुक्ति प्रधानले पनि दुवै न्यायधीश ईजलाशमा बस्नु उपयुक्त नहुने सुझाए ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ४६ मध्ये ७२ सांसदलाई प्रभाव पारेको मुद्दा भएकोले त्यही भएर श्रीमानहरुले विचार गर्नुपर्छ। उहाँहरु दुई जना श्रीमानसँग हामीलाई समस्या होइन, यो मुद्दामा उहाँहरु जोडिनु भएकाले प्रश्न उठेको हो । श्रेष्ठले भने ।

अधिवक्ता टिकाराम भट्टराईले संवैधानिक इजलासमा बसेका न्यायाधीशको दोष नभएको बताए । भोलि मत बाझियो भने अहिले उठेको प्रश्न थप पेचिलो हुन्छ। पहिले जस्तै एक मत भयो भने त जे आए पनि फरक नपार्ला, उनले भने।

मिथिलेशकुमर सिंहले एउटा पक्षले प्रश्न उठाए पछि नबस्दा हुने बताउना साथ आक्रोशित हुँदै प्रधानन्यायधीश राणाले तपाईलाई न्यायाधीश छान्ने अधिकार छैन। तपाईहरुलाई दिउँ त त्यसो भए तपाईहरु न्यायाधीश छान्नुहुन्छ ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ