ओलीले बोलाए स्थायी समितिको बैठकः माधव समुहका थप नेतामाथि कार्बाही र बजेटबारे समिक्षा हुने

ओलीले बोलाए स्थायी समितिको बैठकः माधव समुहका थप नेतामाथि कार्बाही र बजेटबारे समिक्षा हुने

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले स्पष्टीकरण सोधिएका माधव पक्षका नेतामाथि कार्बाहीको बारेमा निर्णय हुन सक्ने बताईएको छ । यस अघि झलनाथ खनाल माधव नेपाल सहित ११ नेतालाई स्थायी समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।
थप स्पष्टीकरण मागिएका १२ जना नेतामाथि कार्बाहीको बारेमा निर्णय हुन सक्ने संभावना रहेको छ भने सुदुर पश्चिम प्रदेशमा स्थायी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि माधव पक्ष हावी रहेकाले उल्टै सरकारमा थप मन्त्री बनेको विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
यस्तै बजेटको समिक्षा पनि आजको बैठकमा हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ