सुदुरपश्चिममा ओली समुहलाई माधव समुहले सोध्यो चौबिस घण्टे स्पष्टीकरण

सुदुरपश्चिममा ओली समुहलाई माधव समुहले सोध्यो चौबिस घण्टे स्पष्टीकरण

  • आइतवार, जेष्ठ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एमाले भित्र स्पष्टीकरण र कार्बाहीको लहर अब सुदुरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । सुदुर पश्चिमको संसदीय दलमा हावी रहेको माधव समुहले ओली समुहले केन्द्रमार्फत गरेको निर्णयलाई चुनौती दिँदै सरकारलाई समर्थन दिनुको सट्टा उल्टै थप मन्त्री समेत बनेपछि ओली समुहले स्पष्टीकरण सोधेको थियो ।
अहिले माधव समुहको प्रभाव रहेको संसदीय दलले ओली समुहकै सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई २४ घन्टे स्पष्टीकरण सोधका छन्।

जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेका निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन भनिएको छ।

बोहोरालाई संसदीय दलको बैठकमा भएका निर्णयविरुद्ध सञ्चार माध्यममा के कति कारणले बोलेको भनी सोधिएको छ।

उनलाई तथ्यगत जवाफ नदिए विधान अनुसार कार्बाही गर्ने चेतावनी दिईएको छ । केही दिन अघि एमाले ओली समुहले सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ