नेपालले आज एशियाकै बलिायो प्रतिद्धन्दी मध्य एक ईराकसँग मैत्रीपूर्ण फुटवल खेलिरहेको छ । ईराक बलियो प्रतिद्धन्दी मात्र नभई उसकै घरेलु मैदानमा खेलिरहेको नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दै ईराक बिरुद्ध पहिलो हाफ्मै अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन सकेन । खेलको सातौ मिनेटमै ईराकले लिएको अग्रता नवौ मिनेटमै अन्जनले गोल गर्दै बराबरीमा पुर्याएका थिए । त्यस पछि सुमन अर्यालले २९ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाएका थिए ।
तर ३८ औं मिनेटमा नेपाल सम्हालिन नसक्दा ईराकले गोल गरेर पुनः बराबरीमा ल्यायो । त्यस पछि लगातार दुई गोल गर्दै ईराकले ४ २ को अग्रता बनाएको छ । अब केही बेरमा दोस्रो हाफ् शुरु हुनेछ ।
नेपालका भरपर्दा डिफेन्डर रोहित चन्द घाईते भए पछि नेपालमाथि दबाब बढेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline