कञ्चनपुर , जेठ १५ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको भीमदत्त नगरपालिकाले मुख्य प्रशासनीक भवन शिलान्यास गरेको छ । शनिबार गणतन्त्र दिवसको अवसरपारी भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनीक भवनको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिकाले नगरवासीलाई एउटै ठाउँबाट सेवा दिन नयाँ भवन निर्माण गर्न थालेको भीमदत्त नगरपालिकाका नगर प्रमुख बिष्टले बताए । ३१ करोड ९७ हजार छ सय कुल अनुमानित लागत रहेको उक्त प्रशासनीक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताए । उनका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ ।
भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टले बताए ।
उनका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीहरुलाई सेवा दिने उदेश्यले निर्माण कार्य सुरु गरिए हो । अहिले करिब एक सय बढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव भईरहेकाले उत्त भवन बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टले बताए । भवन निर्माण भएपछि एउटै भवनबाट सबै सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीहरुलाई सहज हुनेछ । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताए ।
उनले नगरपालिकाले बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताए । हाल सबै वडामा वडा कार्यालय भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भने ‘हामीले अबको ३५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको बताए । उपप्रमुख शुसिला चन्दले नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाईरहेको बताउनु भएको छ ।
त्यसै गरी निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दावि गर्नुभएको छ । उनले निर्माण सामाग्रीको अभाव नरहेमा समयावधी अगाडी नै भवन निर्माण कार्य सक्ने बताएका छन्।