नेपाली राष्ट्रिय फुटवल टोलीले आज शक्तिशाली प्रतिद्धन्दी ईराक बिरुद्ध खेल्दै

नेपाली राष्ट्रिय फुटवल टोलीले आज शक्तिशाली प्रतिद्धन्दी ईराक बिरुद्ध खेल्दै

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

जेठ १५ काठमाडौं । नेपालले आज शक्तिशाली प्रतिद्धन्दी इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बास्रास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे यो खेल सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार ईराक पुगेको थियो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ स्थान माथि रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । इराकविरुद्धको खेल नेपालका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको लागि पहिलो खेल हुनेछ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ ।

यस अघिका तिनै खेलमा इराकले नेपाललाई हराएको छ । एसियन कप समेत जितिसकेको इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ’सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

यता, समूह ’बी’ मा रहेको नेपालको विश्वकपमा छनोट खेल्ने बाटो बन्द भईसकेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ