जेठ १५ काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १५ गतेको गणतान्त्रिक नेपाल बनाउने युगान्तकारी संघर्षका महानायक काँग्रेसका स्वर्गीय सभापति गिरीजा प्रसाद कोईराला, माओवादी अध्यक्ष प्रचण्ड र एमालेका पूर्व महासचिव माधव कुमार नेपाल भएको बताएका छन् ।
गौतमले फेसबुकमा स्टाटस राख्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नेता गौतमले त्यस्तो बताएका हुन् । एमालेलाई गणतन्त्रको पक्षमा उभिन पहिलो प्रस्ताव आफूले लगेको पनि गौतमको दाबी छ ।
‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ,’ गौतमले लेखेका छन् ।
झापा आन्दोलनका केही नेता गणतन्त्रको बिपक्षमा रहेको भन्दै घुमाउरो भाषामा गौतमले ओलीलाई गणतन्त्रको पक्षमा नभएको बताउन खोजेको देखिएको छ ।
