जेठ काठमाण्डौं । मित्र राष्ट्र चीनले अनुदानमा दिएको कोरोनाको खोप मध्य २ लाख डोज खोप आईतबार नेपाल आईपुग्ने भएको छ । चीनीया राष्ट्रपतिले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी १० लाख डोज थप खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही प्रतिवद्धता अनुसार दुई लाख डोज खोप आईतबार काठमाण्डौ आईपुग्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
थप खोप बेईजिङबाट नेपाल आफैले ल्याउनु पर्नेछ । चीनले शुरुमा ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
भारतलाई पैसा अग्रिम रुपमा तिरेर पनि खोप आउन नसकेका बेला चीनले सित्तैमा १९ लाख डोज कोरोनाको खोप दिएर अनुकरणीय काम गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline