नेकपा विभाजित गरिदिने बम नै ईजलाशमा राखिएपछि उठ्यो प्रश्न, अर्को सुनुवाई आईतबार हुने

नेकपा विभाजित गरिदिने बम नै ईजलाशमा राखिएपछि उठ्यो प्रश्न, अर्को सुनुवाई आईतबार हुने

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

गत फागुण २३ गते एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काईदिने न्यायधीश बम कुमार श्रेष्ठलाई संवैधानिक ईजलाशमा राखिएकोमा अधिवक्ताहरुले प्रश्न उठाएका छन् ।
शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनको सुनुवाइको पालो आएपछि उक्त रिट निवेदनको तर्फबाट बहसमा आएका कानुन व्यवसायीले नेकपालाई विघटन गरी एमाले र माओवादी ब्युँताउने फैसला दिने न्यायाधीश श्रेष्ठको उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् ।
दर्जनौँ मुद्धाएको एकमुष्ट सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक ईजलाश आज गठन भएको थियो । ईजलाशमा बहस शुरु भए पछि त्यस्तो प्रश्न उठेको हो ।
वरिष्ठ अधिवक्ता गोविन्द वन्दीले यसरी प्रश्न उठाउदै गर्दा प्रधानन्यायधीशले बीचमै रोकेर सबै न्यायधीश स्वतन्त्र हुन्छन् भनेर मान्न आग्रह गरेका थिए ।
त्यसपछि महान्यायधीवक्ता केशब बडालले सभामुख अग्नी सापकोटालाई कानुनी सल्लाह दिनेहरु नै सभामुखलाई बिपक्षी बनाईएको मुद्धामा बहस गर्न आएको तर्क गरेपछि उनलाई पनि प्रधानन्याधीशले रोकेका थिए ।
अब अर्को सुनुवाई आउने आईतबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ