हामारीका बेला मलको कृतिम अभाव : तस्कर समुहले जम्मा गरेर राखेको मल प्रहरीद्वारा बरामद

हामारीका बेला मलको कृतिम अभाव : तस्कर समुहले जम्मा गरेर राखेको मल प्रहरीद्वारा बरामद

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • डम्मर राज भट्ट

  • 12.5K
    SHARES

कञ्चनपुर जेठ १४ । कोरोना महामारीका बेला यस बर्षपनि कञ्चनपुरमा मल अभाव भएको छ । मल आपूर्तिकर्ता सरकारी निकायबाट माग अनुरुप मल आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो । कृषि समाग्री कम्पनी र साल्ट्र टे«डिङ्ग कम्पनीले सहकारी मार्फत मलखाद बिक्रि वितरण गर्दै आएका छन ।
सरकारबाट पाउने अनुदानको मल जहिले पनि अभाव हुँदा किसानको माग समयमै मल नपाएका कारण महामारीका विच सरकारी निकायबाट वितरणका लागि सहकारीलाई दिएको मलको हाहाकार भएको छ । किसानले मल नपाएका कारण समस्यामा परिरहेका बेला तस्कर समुहले लुकाएर राखेको मल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बेदकोट नगरपालिका ७ झस्पुराका चक्र्र फस्र्वासनको गोदाममा लुकाएर राखेको ३९१बोरा अवैध डिएपी बरामद गरेको बताए । उनका अनुसार व्यवसायी फस्र्वानले किसानलाई मलखाद चाहिएका बेला लुकाएर कृत्रिम अभाव गर्दै बढि मुल्यमा बेच्नका लागि राखेको ३९१ बेरा मल बरामद गरिएको बताए । झण्डै ७ लाख ८२ हजार बराबरको मलखाद भन्सार चालन गरेको छ । महामारीका मौका छोपी केही तस्कर, व्यवसायी समुहले कृतिम अभावदेखि चर्को मुृल्यमा कारोबार गरिरहेका छन । विपद्का बेला गैर कानुनी कामगर्नेमाथि ठाँउको ठाँउ कार्बाही गर्न समेत स्थानीय नागरिकले माग अघि सारेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ