आजबाट उपत्यकाको निषेधाज्ञामा कडाईः किराना पसल बन्द, फलफुल तरकारी पसल मात्र खुल्ने

आजबाट उपत्यकाको निषेधाज्ञामा कडाईः किराना पसल बन्द, फलफुल तरकारी पसल मात्र खुल्ने

  • शुक्रबार, जेष्ठ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जेठ १४ काठमाण्डौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै लागू गरिएको निषेधाज्ञा आजबाट थप कडाई गरिएको छ । उपत्यकामा आजबाट किराना पसल समेत बन्द गरिएका छन् । मानिसलाई हिँडडुल गर्न पनि अत्यावस्यक काम बाहेकको अवस्थामा रोक लगाईएको छ भने तरकारी, दुध, फलफुल, पानी र ग्यास पसल बिहान ९ बजे सम्म खोल्न दिईएको छ ।

खाद्यन्न सहित अत्यावस्यक सामान चाहिएमा साल्ट ट्रेडिंग र व्यापार कम्पनीमा सम्पर्क गरेर ल्याउन पाईने व्यवस्था गरिएको छ । जेठ २० गते सम्म निषेधाज्ञा कडाई पूर्वक लागू गरेर त्यस पछि कोरोनाको चेन ब्रेक भएमा सहज बनाउदै लैजाने तयारी गरिएको छ ।

पछिल्लो दिनमा संक्रमणमा केही कमी आउने क्रम बढेको छ भने निको हुने बढीरहेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै गत बैशाख १३ गतेदेखि उपत्यकामा निषेधाज्ञा शुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ