प्रतिनिधि सभा विघटन बिरुद्धको मुद्धामा आज पहिलो सुनुवाई हुँदै

प्रतिनिधि सभा विघटन बिरुद्धको मुद्धामा आज पहिलो सुनुवाई हुँदै

  • बिहिबार, जेष्ठ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जेठ १३ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केही मुद्धाको आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने माग छ ।

साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका एक दर्जन बढी रिट निवेदकको आज सुनुवाइ हुने भएको हो ।

झण्डै चार थान रिट निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधानको धारा ७६ को उपधारा ५ बमोजिको प्रधानमन्त्रीको नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका छन् ।

ती रिट निवेदनको पनि आजै पेशी तोकिने जनाइएको छ ।

जेठ ७ गते १४९ सांसदको हस्ताक्षर बुझाउदा समेत राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारीसमा संसद भंग गर्दै निर्वाचनको घोषणा गरेपछि विपक्षी १४६ सांसदले सामुहिक रिट दायर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ