जेठ १२ काठमाण्डौं । नेकपा एमालेभित्र माधव नेपाल र केपी ओली पक्षमा निरन्तर भईरहेको कित्ताकाटका समयमा जेठ ७ गते माधव समुह छाडेर ओलीलाई साथ दिएका योगेश भट्टराईले अन्ततः एक सातामै पुनः कित्ता परिवर्तन गरेर माधव समुहमा फर्किएका छन् ।
खास गरी प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न माधव नेपालको आग्रह अस्वीकार गर्दै ओलीको पक्षमा हस्ताक्षर गरेका भट्टराईले भावकु स्टाटस सो दिन लेखेका थिए ।
तर ७ गते राति नै संसद विघटन र चुनावको घोषणा गरेको केही दिन पछि भट्टराई ओलीसँग रहन सकेनन् ।
उनले आज माधव नेपाल सहित १५ जना स्थायी कमिटि सदस्यले ओली बिरुद्ध निर्णायक संघर्षका लागि गरेको सामुहिक अपिलमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै देउवाको समर्थनमा हस्ताक्षर नगरी तठस्त बसेका गोकर्ण विष्ट पनि माधव समुहकै कित्तामा उभिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline