काठमाडौं, जेठ १२ । नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
यसै गरी आज ६ हजार ७ सय १६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
त्यस्तै यस अवधिमा १४५ जनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमितको मृत्यु हुने क्रम भने बढेको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline