जेठ १२ काठमाण्डौं । नेपालको आन्तरीक मामलामा दख्खल दिदै आएको भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको टिप्पणी गरेको छ ।
नेपालको राजनीतिक घटनाक्रमबारे सोधिकएका प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै सो प्रतिकृया दिएका छन् ।
एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’ उनले भनेका छन् ।
कतिपय विश्लेषकले पछिल्लो समय ओलीको भारतसँग सम्बन्ध गहिरिएको र भारतको डिजाईनमा संसद विघटन र नागरिकता अध्यादेश सम्म ल्याएको भन्दै जनस्तरमा व्यापक विरोध भईरहेका बेला भारतको यो प्रतिकृया आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline