युवायुवतीले नाम्लोको पासो लगाएर ज्यान फाले, अर्काको कुवामा हाम फालेर गयो ज्यान

युवायुवतीले नाम्लोको पासो लगाएर ज्यान फाले, अर्काको कुवामा हाम फालेर गयो ज्यान

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जेठ ११ दाङ । दाङमा एकै दिन तीन जनाको वेवारीसे शब फेला परेको छ । निषेधाज्ञाको समयमै घोराही उपमहानगरपािलका वडा नं. ७ सौडियारमा रहेको खाली जग्गामा रहेको आँपको रुखको एउटै हाँगोमा पासो लागेर रेख बहादुर घर्ती र नाम ठेगाना नखुलेकी युवतीले आत्महत्या गरेका छन् । रेख बहादुर ३० वर्षको रहेको र अन्दाजी २५ वर्ष माथिकी ती युवतीको नाम ठेगाना केही नखुलेकाले प्रहरीले चिन्ने जान्नेलाई खबर गर्न अनुरोध गरेको छ ।
उनीहरुको मृत्युको थप कारण खुलिसकेको छैन भने शब पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
यसै गरी घोराही ८ बुन्द्रा स्थित कुमार चौधरीको घरमा एक बर्षदेखि बस्दै आएका कपिलवस्तुका गोपाल गुरुगंले पनि कुवामा खसेर ज्यान गुमाएका छन् । राति साढे १ बजे घर नजिकैको पानी कुवामा उनी खसेको खबर स्थानीयले प्रहरीलाई गरेको थियो । जसका आधारमा पुगेको टोलीले अचेत अवस्थामा उनको उद्धार गरे पनि उनको मृत्यु भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ