मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री सहयोग

मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री सहयोग

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भकुण्डे–नमोबुद्धका एक युवा व्यवसायीले नगरपालिकास्थित मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नमोबुद्ध नगरपालिका १० का युवा व्यवसायी धावा लामा टिकावहादुर तामाङ ले व्यक्तिगत तर्फबाट दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
लामाले मंगलबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई पिपिई, एन–९० मास्क, नेबुलाइजर मास्क, भिटामिन सी, सेनिटाइजर, ग्लोब्स, एजिथ्रोमाइसिन सहित अत्यावश्यक औषधीहरु हस्तान्तरण गरे । मेथिनकोट अस्पतालमा आयोजिक कार्यक्रममा व्यवसायी लामा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्तरुपमा अस्पतालका निमित्त मेडिकल सुलरिटेन्डेन्ट सागर जर्घामगरलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तत्कालका लागि आवश्यकताको रुपमा रहेका औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेकोमा व्यवसायी लामाप्रति आधार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षासमेत रहेको बताए । यस्तै मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सागर जर्घामगरले मेथिनकोट अस्पतालले प्रतिकुल अवस्थामा सीमित स्रोतसधानका बाबजुद कोरोना संक्रमण नियन्त्रण र रोकथामको अभियानमा लागिरहेको र यस्तो सहयोगले थप हौसला पुगेको बताए । दैनिकरुपमा स्वास्थ्यकर्मी र बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यसामग्रीको अभाव भइरहेको समयमा यस्ता सामग्रीले सेवा प्रवाहमा थप मद्दत पुग्ने उनले बताए । यस्तै सहयोगी व्यवयासी धावा लामाले जोखिम मोलेरै भएपनि स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको उपचारमा देखाएको तत्परतालाई अझै मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानै भए पनि सहयोग गरेको बताए । आगामी दिनमा एन्टीजेन किट, अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री सहयोगका लागि आफू प्रतिवद्ध रहेको पनि उनले बताए । पहिलो चरणमा एक लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लामाले जानकारी दिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा नमोबुद्ध नगरपालिकाले थालेको अभियानमा साथ दिएकोमा सहयोगी व्यवसायी लामाप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा थप सहयोगका लागि आग्रहसमेत गरेका थिए । यस्तै नमोबुद्ध नगरपालिका ९ मा रहेको दाप्चा स्वास्थ्यचौकीमा व्यवसायी लामाले वडाअध्यक्ष मेलवहादुर लामा र स्वास्थ्यचौकी इन्चार्ज बलराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ