ओलीले संसद विघटन गरेर अपराधपूर्ण काम गरेको पूर्व सभामुखहरुको धारणा

ओलीले संसद विघटन गरेर अपराधपूर्ण काम गरेको पूर्व सभामुखहरुको धारणा

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जेठ ११ काठमाण्डौं । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको र संसद विघटन गरेर अपराधपूर्ण कार्य गरेको धारणा सार्वजनिक गरेका छन् ।
सभामुखले आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।
सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिने क्रममा आज छलफल भएको हो ।
जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर इतिहासमै सबैभन्दा ठ्रलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका थिए । एमालेका सुवास नेम्वाङ भने यो परामर्शमा सहभागी छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ