ईराकसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली आज प्रस्थान गर्दै

ईराकसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोली आज प्रस्थान गर्दै

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप(२०२३ छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली आज इराक प्रस्थान गर्दैछ।

२३ खेलाडी र १२ जना अफिसियल गरी ३५ सदस्सीय नेपाली टोली आज राति इराक प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली टोली कतार एयरवेजबाट राति १० बजे इराक जानेछ।
नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल हुँदैछ। जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ।
कुवेतमा नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको खेल खेल्नेछ। नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
नेपाली टोलीमा गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार रहेका छन् ।

यसै गरी डिफेन्डरमा अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास छन् ।

मिडफिल्डरमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान रहेका छन् ।

फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ