जेठ ११ काठमाण्डौं । कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै गत बैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा पर्सी सकिदैछ । त्यो सकिनु अघि नै पुनः एक साता थप गर्ने तयारी भएको छ । त्यसका लागि उपत्यकाका तीनै जिल्लाका सिडिओहरुको बैठक बसेर निर्णय गर्ने तयारी गरेका छन् ।
कोभिड नियन्त्रण अध्यादेश मार्फत आएका प्रावधानहरुलाई कडाईका साथ पालना गर्दै निषेधाज्ञा थप हुन सक्ने बुझिएको छ ।
अब निषेधाज्ञा उलंघन गर्नेलाई जेल र लाखौँ नगद जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
लगातारको निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline