एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

जेठ १० काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

यसअघि नै सुदूरपश्चिम सरकार मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने चर्चा चले पनि औपचारिक निर्णय भने सोमबार भएको हो ।

समर्थन फिर्ता लिएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५, उपसभामुखसहित नेकपा माओवादी केद्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ