बिपक्षी दल सोमबार मात्रै सर्वोच्च जाने

बिपक्षी दल सोमबार मात्रै सर्वोच्च जाने

  • आइतवार, जेष्ठ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणाको बिरोधमा पाँच विपक्षी दल सोमबार मात्रै सर्वोच्चमा जाने भएका छन् ।
आइतबार नै सर्वोच्च जान तयारी भए पनि सबै कागजात नमिलिसकेकाले सोमबारमात्रै जाने निर्णय भएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले साँझ सम्म रिट तयार हुने पनि बताए । नागरिकता र हस्ताक्षर सहित शशरीर देउवाको पक्षमा हस्ताक्षर गरेका सांसदहरु
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गर्दा हस्ताक्षर गरेका १ सय ४९ जना सांसदमा पनि केही थपिएको दाहालले जानकारी दिए । यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज हस्ताक्षर संकलन र नागरिकता संकलन भइसकेको र व्यक्तिगत विवरण संकलनको प्रक्रिया लामो भएकाले भोलि रिट दर्ता गर्ने जानकारी दिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि बहुमत पुगेको भन्दै कागजात पूरा नभएकोले भोलि १० बजेमात्रै अदालत जाने निर्णय भएको जानकारी दिए ।
सांसदहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ