भालाडोलिडलाई हराउदैँ जित्यो एट्लेटिको मड्रिडले ला लिगा फुटबलको उपाधि

भालाडोलिडलाई हराउदैँ जित्यो एट्लेटिको मड्रिडले ला लिगा फुटबलको उपाधि

  • आइतवार, जेष्ठ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, ९ जेठ । सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा भालाडोलिडलाई २ १ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै रियललाई १(१ गोलको बराबरीमा फर्काए । खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २(१ को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो । रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि जितेको हो ।

दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ