नागरिक आन्दोलनले भन्योः जनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होईन

नागरिक आन्दोलनले भन्योः जनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होईन

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

जेठ ८ काठमाण्डौँ । प्रतिनिधिसभाको विघटन गरेर मुलुकमा तानाशाही प्रवृत्ति लाद्न खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले जनआन्दोलनको सिर्जना गर्न आह्वान गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी नागरिक आन्दोलनले जनतालाई अहिले खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको भन्दै मत पत्र ( निर्वाचन ) नचाहिएकोमा जोड दिएको छ ।

जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधानको रक्षार्थ तानाशाहीलाई र कुनै पनि तानाशाही प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिकलाई एकजुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनले आह्वान गरेको हो ।

कोभिड–१९ महामारीको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनताको जीवन र जनस्वास्थ्यका आधारभूत आवश्यकतासँग निरन्तर खेलबाड गरिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको प्रत्येक अलोकतान्त्रिक कदमलाई संविधान मिचेर साथ दिने गलत कार्य गरेको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।
मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको प्रपञ्चमा गरिएकोपछिल्लो संसद विघटन संविधान र लोकतन्त्र नै समाप्त पार्ने कदमलाई नागरिक आन्दोलनले ।।।कू दे ताँ’ ठहर गरेको छ । हिजो करिब दुई तिहाईको निर्वाचित सरकारको नेतृत्व गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहे । महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला उनले मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध हो । विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ