यस अघि भाषण गर्दा राष्ट्रपतिको मानहानी गरेको भन्दै प्रहरीले एक दिन नियन्त्रणमा लिएर छुटेकी एमाले नेतृ राम कुमारी झाँक्रीले फेरी एक पटक प्रधानमन्त्री ओली र राष्ट्रपति बिरुद्ध कटाक्ष गरेकी छन् ।
मध्यरातमा संसद भंग गर्दै निर्वाचनको घोषणा गरिए पछि आज आफ्नो फेसबुक पेजमा नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।
उनले कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधीकरण भएको बताउँदै अहिलेको आवश्यकता चुनाव नभएको बताइन्।
उनले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराज र राष्ट्रपति विद्यादेवी भण्डारालाई महारानीको संज्ञा दिँदै उनीहरुलाई नै चुनाव आवश्यक भएको समेत धारणा राखेकी छन्।
उनले देश अध्यारो सुरुङ युगमा प्रवेश गरेको पनि बताएकी छन् ।