टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि रोकिदैनः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी

टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि रोकिदैनः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी

  • शनिबार, जेष्ठ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

८ जेष्ठ, एजेन्सी । टोकियो ओलम्पिक जुलाई २३ बाट अगष्ट ६ सम्म हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बताएको छ ।

शुक्रवार भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले जस्तो सुकै अवस्थामा पनि टोकियो ओलम्पिक नरोकिने बताएका हुन् ।
टोकियोमा आपतकालिन घोषणा भएपनि ओलम्पिक नरोकिने उनीहरुले बताए । कोरोना महामारीका कारण एक वर्ष स्थगित भइसकेको ओलम्पिक यो वर्षपनि रद्द गर्नुपर्ने भन्दै जापानी नागरिकले विरोध गरिरहेका बेला यस्तो निर्णय आएको हो ।

प्रतियोगिता आउन नौ साताको समय मात्रै बाँकी छ । जापानमा मेडिकल विशेषज्ञले पनि कोरोना महामारीका कारण स्वास्थ्य व्यवस्था व्यवस्थापन गर्न कठिन हुने बताइरहेका छन् ।

तर आइओसीले तीन दिने भर्चुअल बैठकबाट जस्तो अवस्थामा पनि ओलम्पिक हुने बताएको छ । जापानका ७० प्रतिशत जनताले यो प्रतियोगिता रद्द हुनुपर्ने धारणा राखेका छन् ।

टोकियोमा आपतकालिनको घोषणा भएपनि त्यसलाई सुरक्षित तरिकाले कसरी सम्पन्न गर्ने भन्ने योजना बनेको र त्यहि अनुसार प्रतियोगिता हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताए । आइओसीको काम नै सुरक्षित प्रतियोगिता गर्ने रहेको र त्यसमा हामी सफल हुनेमा विश्वस्त रहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ