वीरगंजको मुर्लीमा प्रहरी र माछा व्यापारी बीच झडप, असई सहित तीन प्रहरी घाईते

वीरगंजको मुर्लीमा प्रहरी र माछा व्यापारी बीच झडप, असई सहित तीन प्रहरी घाईते

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • दिपक चौरसिया

  • 11.9K
    SHARES

पर्सा ७ जेठ । बीरगंज महानगरपालिका वडा नम्बर १३ मुर्ली पोखरीमा माछा ब्यपारी र प्रहरी बीच झडप भएको छ । बीरगंजको मुर्ली पोखरामा प्रहरी र माछा ब्यपारी बीच झडप हुंदा एक जना प्रहरी सहायक निरिक्षक र दुई जना प्रहरी जवान गरी तीन जना घाईते भएका छन् ।

पर्सा जिल्लामा कोभिड संक्रमणको संख्या बढदै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञालाई उलंघन गर्दै मुर्ली पोखरामा भिडभाड गरी माछा बेच्दै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले माछा ब्यपारीलाई हटाउन खोज्दा झडप भएको थियो । माछा बेच्ने महिलालाई हटाउन खोज्दा ती महिलाले प्रहरी जवान अमरेद्र कुशवाहाको टाउकोमा ईटाले हानेर घाइते बनाए पछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

झडपमा परी प्रहरी सहायक निरिक्षक सिकेन्द्र प्रशाद साह कानु र प्रहरी जवान देबी लाल साह र जवान अमरेद्र कुशवाहा घायल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानिय प्रशासनले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा लगाए पनि माछा लगायतका अन्य ब्यापारीहरुले ठाउँ ठाउँमा भिडभाड गरी सामग्रीहरु बेंचने गर्नाले जोखिम बढने गरेको छ । झण्डमा प्रहरीले एक जना महिला र सात जना पुरुष गरी ८ जना स्थानीय व्यपारीहरुलाई नियन्त्रणमा लिएको छ । घाईते प्रहरी अमरेद्र कुशवाहाको अवस्था सिकिस्त रहेको र अन्य प्रहरीहरुको अवस्था सामान्य रहेको उपचारर्थ तराई अस्पताल स्रोतले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ