निषेधाज्ञामा पसल खोलेर बढी मुल्यमा सामान बेच्ने व्यापारी पक्राउ

निषेधाज्ञामा पसल खोलेर बढी मुल्यमा सामान बेच्ने व्यापारी पक्राउ

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पर्सा ७ जेठ । बिरगंजमा निषेधाज्ञाको बेलामा पसल खोलेर बढी मुल्यमा सामान बिक्री गर्दै गर्दा प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ । बिरगंज वाड १० आदर्शनगरस्थित न्यू पप्पु किराना पसलका सञ्चालक ५० वर्षीय लक्ष्मण पोद्दारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पाउरोटी बनाउन प्रयोग गरिने बेकिङ पाउण्डर ५०० ग्रामको बजार मुल्य १०५ रुपैयाँ पर्छ । तर पोद्दारले उक्त सामान ३ सय ८० रुपैयाँमा बिक्री गरेकाले प्रहरीले उनलाई शुक्रबार पसलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोरोना नियन्त्रणका कारण निषेधाज्ञा लगाइएको बेला बजार बन्द रहेको र त्यहि मौका छोपेर पोद्दारले बढी मुल्यामा सामान बिक्री गरी कालोबजारी गरेको गुनासो प्रहरी कार्यायमा पुगेको थियो । शुक्रबार खटिएको प्रहरी टोलीले न्यु पप्पु किराना पसलमा पुगेर अनुगमन गरेको थियो । त्यस क्रममा ५०० ग्रामको बेकिङ पाउडरको बट्टामा उत्पादकले १०५ रुपैयाँ अंकित गरेकोमा त्यसमा पोद्दारले कालो पोतेर ३ सय ८० लेखेको भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पसलबाट १२ पिस बेकिङ पाउडरको डब्बाका साथै पोद्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ