जेठ ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र माओवादीले आफूलाई लखेटेको लखेटेकै गरेको भन्दै उनीहरुसँग मिलेर सरकार बनाउ भन्दा नमानेको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा ओलीले काँग्रेस र माओवादी मिल्दा पनि ११० जना मात्रै सांसद रहेको तर आफूसँग एक्लै १२१ जना सांसद रहेको भन्दै के काँग्रेस माओवादीले दुबो जस्तो सांसद उमार्छन् भन्दै प्रश्न गरेका छन् ।
अब काँग्रेस माओवादीकै कारण देश चुनावमा जाने पनि ओलीले बताए ।
आउने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनु पर्ने बताए । आँउदो फागुणमा स्थानीय तहको निर्वाचन गर्नै पर्ने र यो मंसीरमा नभए अर्को मंसीरमा निर्वाचन गर्नु पर्ने अवस्था रहेको बताए ।
जनताको अभिमत पाँच वर्षका लागि सबै दलले स्वीकार गर्नु पर्ने उनले बताए ।
प्रचण्ड र माधव नेपालले जनताको अभिमत नस्वीकारेका कारण अहिलेको अवस्था आएको बताए ।
माधव नेपाल सकेसम्म धेरै जनालाई राजीनामा दिएर ध्वस्त पार्न लागेको पनि ओलीले बताए । बिहान बेलुकै कोटेस्वरमा धाएर एमाले फुटाउन लागि परेको भन्दै प्रचण्डको पनि ओलीले बिरोध गरे ।
माधव नेपाल सच्चिन र सुध्रिन तयार भए मौका दिने पनि ओलीले बताए ।