प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध सर्वोच्चमा मुद्धा दायर

प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध सर्वोच्चमा मुद्धा दायर

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

जेठ ७ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधानको धारा ७६(५) विपरित प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै सर्वोच्चमा रिट पेश भएका हुन्।

सर्वोच्चमा अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्कालगायतले रिट दायर गरेका हुन्। यद्देपी रिट सर्वोच्चमा दर्ता हुनँ बाकी रहेको जनाईएको छ ।

संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ (६) अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्यादसहित बिहीबार साँझ अपिल गरेकी छिन्।

तर, ओलीले राजीनामा दिएका छैनन्। कानुनविद्ले प्रधानमन्‍त्रीले संसद्‍मा विश्‍वासको मत लिने प्रयास नगरीकन र राजीनामा पनि नदिइकन नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ