संविधानको मर्ममाथि प्रहार भएको काँग्रेसको ठहर, सबै विकल्पमा छलफल गर्ने निर्णय

संविधानको मर्ममाथि प्रहार भएको काँग्रेसको ठहर, सबै विकल्पमा छलफल गर्ने निर्णय

  • शुक्रबार, जेष्ठ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

जेष्ठ ७ काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गर्दै सबै विकल्पमाथि छलफल गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पूर्वपदाधिकारी र पदाधिकारीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता प्रकाशशरण महतले संविधान र लोकतन्त्रको रक्षाका लागि अन्य दलसँग सबै विकल्पमा छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
‘संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि जुन आह्वान गरिएको छ, संविधानको मर्म र भावनालाई फेरि पनि बेवास्ता गरेको हाम्रो ठहर छ । महतले भने ।
काँग्रेसले माओवादी सहित अन्य दलसँग छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ