कञ्चनपुर जिल्लामा अहिले सम्मकै धेरैले जिते कोरोना ५ सय २ जनाले

कञ्चनपुर जिल्लामा अहिले सम्मकै धेरैले जिते कोरोना ५ सय २ जनाले

  • बिहिबार, जेष्ठ ६, २०७८
  • डम्मर राज भट्ट

  • 11.8K
    SHARES

कञ्चनपुर ६ जेठ । कञ्चनपुर जिल्लामा पछिल्लो समय कारोना संक्रमित हुने भन्दा कोरोना जित्नेको संख्या बढेको देखिन्छ। आज कञ्चनपुरमा ५ सय २ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना भाईरस संक्रमण जितेर घर भर्कनेको अहिले सम्म ४ हजार २ सय ४० जनाले कोरोना भाईरस जितेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर जिल्लामा बिहिवार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिनुभएको छ ।
पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुने मध्य कञ्चनपुरमा रहेको पुरानो नगरपालिका भीमदत्त नगरपालिकामा ६२ जना, वेदकोट नगरपालिकामा ३९ जना, शुक्लाफाँटा नगरपालिकामा ४० जना, बेलौरी नगरपालिकामा २५ जना, लालझाडी गाउँपालिकामा मा ३ जना, दोधाराचाँदनि नगरपालिकामा १० जना, पुनर्वास नगरपालिकामा ८ जना, बेलडाँडी गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अब जम्मा कञ्चनपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ५४ पुगेको छ । र ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुर जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६२ पुगेको छ । त्यस्तै गरी पछिल्लो २४ घण्टामा कञ्चनपुर जिल्लामा मर्नेको सङ्ख्या ३ जना रहेका छन्। भीमदत्त नगरपालिका –१८ का ६६, ६० बर्षका र भीमदत्त नगरपालिका ११ का ५० बर्षका पुरुषको कोरोना संक्रमण बाट निधन भएको महाकालि अस्पताल ब्यस्थापन समितीका अध्यक्ष कृष्ण दत्त जोशी ९बोक्सर० ले बताए । त्य सैगरि कञ्चनपुरमा कोरोना भाईरस बाट मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ