जेष्ठ ६ काठमाण्डौं । २०३७ सालदेखि कम्युनिष्ट पार्टीको सदस्य भएर अघि बढेका बादल जनयुद्ध कालमा कुसल संगठक र हार्न नजान्ने नेताका रुपमा चिनिन्थे । उनी संविधान सभाबाट चितवनबाट निर्वाचित भएका थिए भने प्रचण्ड प्रधानमन्त्री भएका बेला रक्षा मन्त्री ।
उनी रुसमा पढेर आएका व्यक्ति थिए । जनयुद्ध कालमा सिज अभियान चलाएर माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन भूमिका खेलेका बादल अक्सर कम बोल्ने गर्दछन् ।
उनी ६९ सालमा प्रचण्ड छाडेर बैद्यको नेतृत्वमा विभाजित भए । त्यस पछि ७९ सालको निर्वाचन बहिष्कार गरे । तर पछि ७१ सालमा विप्लवले बैद्य नेतृत्वको पार्टी छाडे पछि बादल पनि बैद्यलाई छाडेर पुनः प्रचण्डमै फर्किए ।
त्यस पछि ७४ को निर्वाचनमा कतैबाट सिट नपाएका बादल राष्ट्रिय सभामा चुनिए । उनले चिट्ठा तान्दा ६ वर्षको लामो अवधि राष्ट्रिय सभामा पाउने लट्री पाएका थिए । एमाले र माओवादी ब्युताउने फागुण २३ को फैसला पछि बादल एमालेमै रहने निर्णय गरे । उनी निरन्तर गृहमन्त्रीमा रहीरहे ।
तर पछि माओवादीले बादललाई कार्बाही गर्दै राष्ट्रिय सभाबाट हटाए पछि उनको त्यो पद गुम्यो । उनलाई गृहमन्त्रीमा ओलीले पुनः शपथ खुवाए र राष्ट्रिय सभाको उम्मेद्धार बनाए ।
तर आज भएको निर्वाचनमा उनलाई एमालेको आधा जति पक्तिले मत दिएन । एमालेकै माधव समुहका तर्फबाट उठेका खिमलाल देवकोटाले पराजीत गरे पछि बादल हेडौँडाबाट राजधानी हिँड्नै लाग्दा अर्को सनसनीपूर्ण खबर आयो गैर सांसद ७ जना पूर्व माओवादीबाट मन्त्री भएकाहरुलाई पदमुक्त गर्ने ।
यो खबरले माओवादी छाडेर एमाले ओली समुहमा लागेका नेताहरुमाथि झड्का लागेको छ । एकातिर उनीहरुको सांसद पद गुम्यो भने अर्कोतिर आवधिक मन्त्री पनि हुन पाएनन् ।
एमाले भित्रै बादललाई स्थायी समितिमा राख्ने निर्णय ओलीले गराए पनि माधव नेपाल समुह जेष्ठ २ २०७५ अघिको पार्टी संरचनामा रहनु पर्ने पक्षमा छन् । यस्तो स्थितिमा बादल स्थायी समिति भित्र समेत अटाउने छैनन् । र उनको राजनीतिक सांगठनिक भविष्य थप संकटमा पर्नेछ ।
अर्कोतिर अब उनी कुन निर्वाचन क्षेत्रबाट उठ्ने त्यो आउने निर्वाचनमा पनि टुंगो छैन र निर्वाचन जित्ने संभावना पनि कमै देख्न सकिन्छ । कारण एमाले भित्र माधव समुहले पछि पनि वादललाई साथ दिने संभावना कम छ । उनले ३ वर्ष गृहमन्त्री भएर खाए पनि भावी दिन बादलको राजनीतिक भविष्यमा कालो बादल मडारिएको धेरैले चर्चा गर्न थालेका छन् ।