देउवाद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

देउवाद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र

  • बिहिबार, जेष्ठ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेका देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उक्त पत्रमा देउवाले कोरोना फैलिनुमा सरकारको चरम लापरवाही र अर्कमण्यता जिम्मेवार रहेको उल्लेख गरेका छन्।

‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता जिम्मेवार छ। सरकार न विगतका गल्तीबाट सिक्छ न कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सुझाव र सल्लाह आत्मसाथ गर्छ,’ देउवाले भनेका छन्।

स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक सचिवको स्थान खालि राखेर सरकारले मन्त्रालयको प्रभावकारितालाई कमजोर पारेको आरोप देउवाको छ। सिसिएमसिको भूमिकाबारे पनि देउवाले प्रश्न उठाएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ