घाँटी रेटेर दुई बालक मारेको आशंकामा बीरगञ्जमा एक पक्राउ

घाँटी रेटेर दुई बालक मारेको आशंकामा बीरगञ्जमा एक पक्राउ

  • बुधबार, जेष्ठ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

वीरगञ्ज, ५ जेठ । बारा कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्शामा मंगलबार बिहान घाँटी रेटिएको अवस्थामा दुई जना बालक को शव बरामद भएको थियो । घटना लगतै प्रहरीले अनुसन्धान को क्रममा एक युवकलाई पक्राउ गरेको छ ।
बाराको कलैया उपमहानगरपालिकाका ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्यामा संलघन रहेको आरोप मा प्रहरी ले एक जना लाई पक्राउ गरेको छ ।

मंगलबार बिहान घाँटी रेटिएको अवस्थामा शव बरामद गरिएको कलैया वडा नम्बर ७ का ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको हत्याको आरोपमा बारा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा युवकलाई पक्राउ गरिएपनि अनुसन्धान चलिरहेको कारण उसको पहिचान खुलाउँन नमिलेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० गौतम मिश्रले जनाकारी दिए ।

‘स्थानीय एकजनालाई बालकहरुको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका छौँ,’ मिश्रले भने, ‘उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान जारी रहेकोले उसको पहिचान खुलाउँन मिल्दैन ।’

सोमबार साँझ खेल्न निस्केका बालाकहरु अवेर रातिसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । रातभरी खोज्दापनि प्रहरीले बालकहरुलाई भेटाउन सकेको थिएन ।

आज बिहान सोही वडास्थित निर्माणधीन सल्फिया कञ्जुल उलुम मदरसामा उनीहरु शव बाख्रा चराउन गएका स्थानीय केहि बालकहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालकहरुको निर्मम तरिकाले धारिलो हतियारबाट घाँटी रेटी हत्या गरिएको अवस्थामा उनीहरुको शव बरामद गरिएको डिएसपी मिश्रले बताए ।

शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट आएको तालिम प्राप्त कुकुरसहितको प्रहरी निरीक्षक दीपेन्द्र शाहीसहितको टोलीले घटनास्थलमा गएर अनुसन्धान गरेको थियो ।

बालक समान्य परिवारको रहेकाले धन सम्पतिभन्दा पनि व्यक्तिगत रिसइबीका कारण उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । बालकहरुका पिता रोजगारको सिलसिलामा विदेशमा छन् ।
मृतक दुबै बालकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको मिश्रले बताए ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ