सशस्त्र प्रहरी बल भन्सारका प्रहरी निरिक्षक बमद्धारा तस्करको संरक्षण !

सशस्त्र प्रहरी बल भन्सारका प्रहरी निरिक्षक बमद्धारा तस्करको संरक्षण !

  • बुधबार, जेष्ठ ५, २०७८
  • दिपक चौरसिया

  • 14.5K
    SHARES

वीरगंज ४ जेठ । नेपालकै प्रमुख प्रवेशद्धार वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल (बिओपी) भन्सारको मिलोमतोमा लत्ताकपडा, हाडयेवर, व्याट्री लगायतका सामग्रीहरुको तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विगत करिब तीन सप्ताह देखि निषधाज्ञा गरेपनि पर्सा जिल्लाको वीरगंज भन्सार नाकाबाट सशस्त्र प्रहरीका केही कर्मचारीकै मिलोमतोमा व्यापकरुपमा लत्ताकपडा, हाडवेयर, व्याट्री लगायतका सामानको तस्करी शुरु भएको गुनासो बढेको छ ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल (बिओपी) वीरगंज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले पैसाको प्रलोभनमा तस्करप्रति कार्बाही भन्दा पनि सेटिङ्ग गरी संरक्षण गर्ने गरेको स्रोतको दाबी छ ।
प्रहरी निरिक्षक बमको सेटिङ्गमा तामान्ना भन्ने तस्करले रातीको समयमा ठेलामा कार्टुन भित्र व्याट्री राखी नेपालबाट भारत तर्फ तस्करी गर्ने गरेको बुझिएको छ ।
त्यसैगरी अर्का तस्कर दिपकले भारतबाट एक पल्ट लाखौ मुल्य बराबरको लत्ताकपडा, सटिङ्गसुटिङ्गको कपडा नेपाल भित्राउने गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसैगरी निरु भन्ने तस्करको माछा, त्यस्तै हार्डवेयर, पाडा, भैसीको तस्करी प्रनी बमकै ईसारामा हुने गरेको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
रातीको करिब १२ बजे देखि ३ बजे सम्म भन्सार कै छेउछाउमा रहेको सहायक बाटोहरुबाट तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । प्रहरी निरिक्षक बमको आफन्त सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहेकोले कसैले केही गर्न नसक्ने हावाला दिदै आएको समाचार स्रोतले जनाएको छ ।
यस्ता बिओपी प्रमुखहरुको कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ