जेष्ठ ४ काठमाण्डौं । विराटनगरको विराट मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सोमबार राति करिब ७ बजे एक बिरामीका आफन्तले डाक्टर, चिकित्सक, सुरक्षाकर्मीमाथि कुटपिट गरेको जिल्ला प्रहरीले जनाएको छ ।
राति बूढीगंगा गाउँपालिका–२ की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको बुझिएको छ ।
प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अनिष श्रेष्ठ र निशल श्रेष्ठ छन्। उनीहरू बिरामीका नातीहरू हुन्। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline