धनगढीमा अक्सिजन प्लान्ट जडानका लागि प्रदेश फुटबल संघका अध्यक्ष श्रेष्ठद्वारा ५लाख सहयोग

धनगढीमा अक्सिजन प्लान्ट जडानका लागि प्रदेश फुटबल संघका अध्यक्ष श्रेष्ठद्वारा ५लाख सहयोग

  • सोमवार, जेष्ठ ३, २०७८
  • डम्मर राज भट्ट

  • 8.3K
    SHARES

कञ्चनपुर, ३ जेष्ठ । अक्सिजन अभावका कारण सुदूरपश्चिमका नागरिकले धमाधम ज्यान गुमाईरहेका बेला कैलालीको धनगढी उप महानगरपालिकामा अक्सिजन प्लान्ट जडानका लागि सुदूरपश्चिम फुटबल संघ प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले आर्थिक सहयोग गरेका छन ।
प्रदेश फुटबल संघका अध्यक्ष समेत रहेका संचार युवा उद्यमी समाजसेवि श्रेष्ठले अक्सिजन प्लान्ट जडानका लागि व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गरेका हुन । सोमबार श्रेष्ठले उक्त रकम धनगढी उप महानगरका प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गरेका छन ।
काँग्रेस नेत्रृ आरजु राणा९देउवा०, चौधरी फाउण्डेशन र धनगढी उपमहानगरपालिकाको संयुक्त साझेदारीमा अक्सिजन प्लान्ट जडान कार्यक्रमका लागि श्रेष्ठले उक्त आर्थिक सहयोग गरेका हुन ।सुदूरपश्चिम फुटबल संघ प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले समाजिक कार्य र जनताको जिवन रक्षाका लागि आर्थिक सहयोग गरेको बताए । अध्यक्ष श्रेष्ठकी धर्मपत्नी तथा महिला अगुवा समाजसेवि हेलेन श्रेष्ठले यस अघि श्रेष्ठ परिवारका तर्फबाट रोटरी क्लब मार्फत ५१ हजार सहयोग गरेको बताईन । गत बर्ष पनि कोरोना महामारीले आर्थिक सहयोग गरेका थिए । श्रेष्ठ दाम्पत्ती तथा परिवारले मुलुकमा संकट गर्दा विभिन्न कालखण्डमा सहयोग गर्दै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ