पेट्रोलियम पदार्थको मुल्य वृद्धि, निगम अझै पाक्षिक एक अर्ब बढी घाटामा

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, निगम अझै पाक्षिक एक अर्ब बढी घाटामा

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

जेष्ठ २, काठमाण्डौं । अन्तराष्ट्रिय बजारमा बढिरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको असर नेपालमा पनि परीरहेको छ । आज पुनः आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ । आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो । अब पेट्रोल १ सय २३, डिजेलर मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ ।

निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।
यसरी पाक्षिक रुपमा निगम अझै पनि १ अर्ब २० करोड घाटामा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ