शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से ५४ अंकले उकालो लाग्यो

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से ५४ अंकले उकालो लाग्यो

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, जेठ २ । साताको पहिलो दिन आआज शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुग्यो ।

आज कारोबार भएका सबै समूहमा हरिलायी छायो । कारोबार पनि उच्च साढे १० अर्ब हाराहारी पुग्यो ।

निर्जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ८४ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि ५ सय २८ अंक, अनि विकास बैंक समुह १ सय १२ अंकले उकालो लाग्यो ।

यस्तै लघुवित्त समुह, वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र उत्पादनमुलक समुहमा पनि दोहोरो अंकको सुधार आयो ।

यसदिन १ सय ४६ कम्पनीको शेयर मुल्य बढ्दा ३२ कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा युनियन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन २ सय १३ कम्पनीको २ करोड १३ लाख कित्ता शेयर १० अर्ब ४० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी