ग्लोबल बैंक लमही शाखाद्धारा आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

ग्लोबल बैंक लमही शाखाद्धारा आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

  • शनिबार, जेष्ठ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

जेष्ठ १ लमही । ग्लोवल आई.एम.ई बैंक लिमिटेड लमही शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमही नगरपालिकाले संचालनमा ल्याएको कोरोना संक्रमित विरामीका लागि सन्चालीत आईसोलेसन सेन्टरका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामग्रीको अभावमा प्लासटिक ओडेर स्वास्थ्य कर्मिले सेवा प्रदान गरेको समाचार भरखरै वाहिरिएको थियो । कोरोना संक्रमणको दास्रो लहर फैलिए सगैं थेगीनसक्ने विरामी बढेपछि यस क्षेत्रमा स्वास्थ्य सामग्री अभावमा पनि स्वास्थ्य कर्मिले सेवा प्रदानगर्न वाध्य थिए ।

लमही नगरपालिकाका मेयर र प्रशासनका कर्मचारीको उपस्थितिमा लमही नगरपालिकालाई पिपिई, सेनिटाईजर, मास्क, फेस सिल्ड, सोडियम हाईपोक्लोराईट, अक्सिमिटर लगायत ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सहयोग ग्लोवल आई.एम.ई बैंक लिमिटेड लमही शाखाका शाखा प्रवन्धक प्रदिप गौतम र घोराही शाखाका शाखा प्रवन्धक डिल्ली राज भुषालले सयुक्तरुपमा हस्तानतरण गरेका थिए । भर्खरै खोलेको ग्लोवल आई.एम.ई बैंक लिमिटेडको लमही शाखाले स्थानीय स्तरमा सेवा विस्तार र उत्तरदायित्वमा सक्रियता देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ