जेष्ठ १ संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम अवरुद्ध भएको छ ।
आयोजनाको सुरूङभित्र मृत्यु भएका मजदुरको परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मजदुरहरु आन्दोलित भएपछि काम ठप्प भएको हो ।
गत बुधबार बिहान सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो।
घटनापछि मजदुहरुले क्षतिपूर्ती र राहतको माग गर्दा वास्ता नगरिएको भन्दै आयोजनाको कार्यालय तोडफोड गरेका थिए । त्यसपछि काम ठप्प भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline