बैशाख ३० काठमाण्डौं । नेपालमा आज दिन दिनै रेकर्ड स्तरमा बढीरहेको कोरोना संक्रमितको संख्यामा केही कमी आएको छ । हिजो ९ हजार ४ सय बढी संक्रमित रहेकोमा आज ८ हजार ९६० जना मात्र संक्रमित थपिएका छन् । यो हिजोको भन्दा कमी हो ।
२० हजार २४५ जनामा गरिएको परीक्षणमा २० ती संक्रमित फेला परेका हुन् । अहिले सम्म कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।
यसै गरी आज २१४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ ।
यसै गरी आज कोरोना जीतेर ५ हजार ५५ जना डिस्चार्ज भएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline