हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, ३० वैशाख । नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला वाणिज्य बैंक एकापसमा गभिने भएका छन् ।

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारीपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले आज राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

दुवै बैंक एकाकार भएपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसैगरी गाभिउपछि गठन हुने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने तथा नयॉ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अर्ब हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी