बैशाख ३० काठमाण्डौ । बालुवाटारमा एमाले स्थायी समितिको बैठक जारी छ । आज बिपक्षी गठबन्धनलाई बहुमतको सरकारका लागि दाबी गर्न दिईएको समयसीमा सकिने दिन एमालेले विद्यमान परिस्थिितको समिक्षा गर्न बैठक बोलाएको हो ।
बैठकमा पार्टी भित्रकै माधव समुहको राजीनामा रोकाउने र महन्त ठाकुर समुहलाई तठस्त राख्न सके आजै रातिबाट पुनः प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुने भएकाले त्यस विषयमा पनि छलफल भईरहेको स्रोतले जनाएको छ ।
माधव समुहको राजीनामा रोकाउन महासचिव विष्णु पौडेल माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । माधव समुहका सांसदहरुले सामुहिक रुपले संसदबाट राजीनामा दिएर भए पनि ओलीलाई हटाउने तयारी गरे पछि पौडेल निवासमै पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline