बुटवल बैशाख २९ । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि पाँच संक्रमितको एकै पटक मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएको थियो ।
अक्सिजन सप्लाई रोकिएपछि पाँच बिरामीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मृत्यु हुनेमध्ये ४ जना बुटवल उपमहानगरपालिकाका हुन् । नवलपरासीका १ जना छन् । देशभर अक्सिजन अभाव चरम हुँदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline